दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

काठमाडौं । साताको पाचौं कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार मापन परिसूचक नेप्से १६ दशमलव ६० अंकले घटेर २ हजार २७ दशमलव ३२ विन्दुमा झरेको छ ।

आज २ सय २९ वटा कम्पनीका ४७ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयर ७ करोड ६५ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज आरबीबी म्युचअल फन्ड, माउन्टेन हाइड्रो नपाल, सिटिजन म्युचअल फन्ड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलगायतको सेयर मूल्य बढेको छ भने समित लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य घटेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ भने, बैंकिङ, व्यापार, होटल एन्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर लगायतका उपसमूह राताम्मे भएको छ ।

You might also like

Comments are closed.