सेयर बजारको उकालो यात्रामा निरन्तरता

नेप्से ७.९३ अंकले बढ्दा एक अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजारको उकालो यात्रामा निरन्तरता देखिएको छ । मंगलबारदेखि लगातार बढेको बजारले आज पनि उकालो यात्रालाई निरन्तरता पाएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको छ । आज कूल २३१ वटा कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको सेयर बढेको छ। सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.