काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) बढेको छ । अर्थमन्त्रीको राजिनामा पछि बढ्न थालेको सेयर बजारको बढ्ने क्रमले आज पनि निरन्तरता पाएको हो ।
आज परिसूचक नेप्से १६ दशमलव २० अंकले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । आज कारोबार भएका सबै समूहको सेयर सामान्य बढेको छ ।
आज दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक २.७ प्रतिशतले, ट्रेडिङ, होटल्स एन्ड टुरिजम,डेभलपमेन्ट बैंक,मनु एन्ड प्रो र माइक्रोफाइनान्स समूहको सूचक १ प्रतिशत बढीले उकालो लागेको छ ।
Comments are closed.