सेयर बजारको उकालो यात्रा जारी : नेप्से १५.४९ अंकले बढ्दा ४ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । साताको छैटौँ दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) बढेको छ । सेयर बजार परिसूचक आज १५ दशमलव ४९ अंकले बढेर दुई हजार एक सय २७ दशमलव ४७ विन्दुमा पुगेको छ ।

आज दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। आज सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै १८ करोड र शिवम् सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको सेयर बढेको छ। आज विन्ध्यवासिनी हाइड्रो विकास कम्पनी र राष्ट्र उत्थान लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज विन्दवासिनी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त, एक्सेल विकास बैंक र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कारोबार भएकामध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ।

४६ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ। आज उत्पादन, निर्जिवन बीमा र अन्य उपसमूहको सूचक घटेको छ। बाँकी उपसमूहको सूचकमा भने हरियाली देखिएकाे छ ।

You might also like

Comments are closed.

Secret Link