सेयर बजारको उकालो यात्रा कायमै : नेप्से १३.०५अंकले बढ्दा २ अर्ब १९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सेयर बजार परिसूचक (नेप्से) बढेको छ । सेयर बजार परिसूचक आज १३ दशमलव ०५ अंकले बढेर दुई हजार एक सय ४० दशमलव ५२विन्दुमा पुगेको छ ।

आज दुई घण्टा मात्रै कारोबार हुने नेप्सेमा ५१ लाख ११ हजार ७०० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १३ लाख ९५ हजारको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको छ ।त्यस्तै ७१ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मर्जरमा जाँदा सेयर कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबार हुँदा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

You might also like

Comments are closed.