काठमाडौं । यो साता सेयर बजार परिसूचक (नेप्से) २१ सय ४० दशमलव ३९ अंकमा पुगेको छ। यो साता सेयर बजार ६ कार्य दिन नै खुला रहेकामा एक दिन घटेर बाँकी सबै दिन बढेको थियो । साताको पहिलो, दोस्रो, चौथो, पाँचौं र छैटौं दिन नेप्से बढेको थियो भने तेस्रो दिन घटेको थियो ।
सातामा दुई सय २७ कम्पनीको तीन लाख २५ हजार तीन सय ८५ पटकको कारोबारमा चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८७ करोड २२ लाख ५२ हजार सात सय ९७ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो । गत साता नेप्से दुई सय २५ कम्पनीको एक लाख ६६ हजार सात सय ५५ पटकको कारोबारमा दुई करोड ३२ लाख ६४ हजार एक सय ५५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम नौ अर्ब ५५ करोड ४६ लाख ८० हजार नौ सय ९६ रुपैयाँ पुगेको थियो ।
साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदि परेका छन् भने कारोबार भएको सेयर संख्याका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी अगाडि परेका छन् ।
Comments are closed.