सेयर बजारको ओरालो यात्रा कायमै : नेप्से ४५.४२ अंकले घट्दा २ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । सोमबार १७.६८ अंकले ओरालो लागेको नेप्से मंगलबार पनि पुनः ४५ दशमलव ४२ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५. ४२ अंकले घटेर २ हजार ६० दशमलव ७३ अंकमा झरेको छ ।कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ०३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। यसदिन अदर्श समूहको सूचक सर्वाधिक ४.८४ प्रतिशतले घट्दा चार समूहको ३ प्रतिशत बढीले घट्यो। यसदिन हिमालयन हाइड्रो पावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो।

१५ करोड बढिको सेयर कारोबार गरी नागरिक लगानी कोष शीर्षस्थानमा रहयो । सो कम्पनीको रु १५ करोड १० लाख ९७ हजार ७६६ बराबरको कारोबार भयो । सधै शीर्षस्थानमा रहेको शिवम् सिमेन्ट १३ करोड बराबरको कारोबार गरी दोस्रो स्थानमा रहयो। शिवम् सिमेन्ट रु १३ करोड आठ लाख ७८ हजार, हिमालयन डिस्टिलरी रु १० करोड ७८ लाख ४९ हजार, नबिल बैंक रु १० करोड ४२ लाख नौ हजार नौ सय ८५ र नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ७८ लाख ९३ हजार चार सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९.९७, गुराँस लघुवित्त ६.३६, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र ३.९६, युनिलिभर नेपाल ३.९५ र गुडविल फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।

त्यस्तै गणपति लघुवित्त ७.२७, घलेम्दी हाइड्रोपावर ६.६८, पञ्चकन्या माई हाइड्रोपावर ६.४९, न्यादी हाइड्रोपावर ६.४० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.३१ प्रतिशतले गुमाएका छन् ।

 

 

 

You might also like

Comments are closed.