रोकिएन सेयर बजार घट्ने क्रम !

नेप्से १८.९६ अंकले घट्दा जम्मा एक अर्ब ७६ करोडको कारोबार

काठमाडौं । यो साता लगातार ओरालो लाग्दै आएको सेयर बजार परिसूचक (नेप्से) साताको पाँचौ दिन आज पनि घटेको छ । बुधबार ५.९१ ले घटेको नेप्से आज १८ दशमलव ९६ अंले घटेर दुई हजार ३७ दशमलव ९२ विन्दुमा झरेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि लगातार घट्दै आएको छ । आज दुई सय २३ वटा कम्पनीको ६२ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोडको कारोबार भएको छ।

आज १५० कम्पनीको मूल्य घट्दा ३२ कम्पनीको भने बढेको छ । आज बैंकिङ ३, विकास बैंक ५९, फाइनान्स ४२, होटल तथा पर्यटन ५०, जलविद्युत् ३१, जीवन बीमा ६७, उत्पादन ८२, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ७०, अन्य २६ र ब्यापार उपसमूह ०.११ अंकले घटेको छ ।

jutta mela

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सात करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने, आज युनिलिभर नेपालको सेयर आठ प्रतिशतभन्दा धेरै र बुद्धभूमि नेपाल हाइड्रोको सेयर साढे सात प्रतिशतले घटेको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नेस्डो लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नबिल बैंक क्रमशः अगाडि रहेका छन् ।

You might also like

Comments are closed.