सामान्य अंकले घट्यो नेप्से, कारोबार पनि एक अर्ब ४० करोडमा खुम्चियो

काठमाडौं । भदौ महिनाको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको नेप्से ० दशमलव ३६ अंकले घटेर आज २ हजार ४० दशमलव ७० विन्दुमा झरेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज दुई सय २० वटा कम्पनीको ३४ लाख ९७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको सेयर सामान्य घटेको छ । विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहको सेयर भने सामान्य बढेको छ ।

आज मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम मूल्य २६१ रुपैयाँ र २०५ रुपैयाँ ९० पैसा कायम भएको छ।

नेप्सेमा बुधबार स्वेत गंगा हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई सय ९५ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव १४ प्रतिशतले घटेर पाँच सय ३१ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय ४४ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ४३ लाख ११ हजार आठ सय ९८ रुपैयाँको सेयर किनबेच भएको छ।

You might also like

Comments are closed.

Secret Link