काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । साताको दुई दिनसम्म लगातार घटेको सेयर बजार आज १ दशमलव ८५ अंकले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ ।
आज दुई सय २२ वटा कम्पनीको ४० लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको सेयर सामान्य बढेको छ भने अन्य समूहको सेयर भने सामान्य घटेको छ ।
Comments are closed.