काठमाडौं । गत सातादेखि ओरालो लाग्दै आएको सेयर बजार परिसूचक (नेप्से) को ओरालो आत्रा अझै जारी रहेको छ ।
साताको पाँचौँ कारोबार दिन नेप्से आज १दशमलव ०८ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ ।सेन्सेटिभ इन्डेक्ससमेत यस दिन ० दशमलव ६६ अंकले घटेर ३८३.९३ बिन्दुमा ओर्लिएको छ ।
यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँमा ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।यस दिन बैंकिङ, टे«डिङ, म्यानुफ्याक्चरिङ, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट र अन्य समूहको समूहगत सूचक घटेका छन् ।
यस दिन ११२ कम्पनीको सेयर मूल्य बढेको छ । ७० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Comments are closed.