काठमाडौं । साताको अनितम कारोबार दिन शुक्रवार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ। यो साता लगातार ओरालो लागेको सेयर बजार कारोबारको अन्तिम दिन पनि घटेर बन्द भएको छ । आज नेप्से एक दशमलव ६७ अंकले घटेर एक हजार नौ सय ७० दशमलव ६२ अंकमा झरेको छ ।
आज कारोबार रकम पनि निकै कमि आएको छ । दुई सय १९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाखको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज नेप्सेमा १३ समूहको कारोबार भएकामा १० समूहको सूचक घटेर तीनवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ७६ अंकले घटेर १३ सय २७ दशमलव तीन अंकमा झरेको छ। विकास बैंक समूहको सूचक पनि नौ दशमलव ६४ अंकले घटेर ३५ सय नौ दशमलव ६८ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि पाँच दशमलव एक अंकले घटेर १६ सय ६७ दशमलव ७७ अंकमा झरेकामा निर्जीवन बीमा समूहको सूचक पनि ३१ दशमलव एक अंकले घटेर सात हजार नौ सय ३८ दशमलव ४९ अंकमा, जीवन बीमा समूहको सूचक पनि पाँच दशमलव ६८ अंकले घटेर नौ हजार दुई सय ७५ दशमलव ८९ अंकमा झरेको छ ।
Comments are closed.