आएन सेयर बजारमा सुधार !

नेप्से झन्डै १२ अंकले घट्दा जम्मा ८२ करोड ६२ लाखको कारोबार

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक (नेप्से) मा अझै सुधार आएको छैन् । साताको पहिलो दिन आइतबार ६ दशमलव ६८ अंकले बढेर १ हजार ९ सय ७७ दशमलव ३० अंकमा पुगेको थियो। त्यसपछिका दिनमा नेप्से लगातार लाग्दै आएको छ ।

चौथो दिन आज नेप्से ११ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज कारोबार रकममा पनि कमि आएको छ । आज दुई सय २४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ८२ करोड ६२ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । प्राइम डिबेन्चरको सेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयर पाँच प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.