काठमाडौं । केहि दिनदेखि लगातार घट्दै आएको सेयर बजार परिसूचक (नेप्से) साताको तेस्रो दिन आज भने दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से २१ दशमलव ३० अंकले बढेर एक हजार नौ सय ३४ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।
बजार बढे पनि आज कारोबार रकममा भने खासै सुधार आएको छैन । आज दुई सय ३१ वटा कम्पनीको ३१ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा कुल ९२ करोड २५ लाखको कारोबार भएको छ ।
आज कुल १७२ कम्पनीको मूल्य बढ्दा १४ को घटेको छ भने ५ को स्थिर रहेको छ । सबै उपसमूह बढेका छन् । आज बैंकिङ १०.९, विकास बैंक ६०, फाइनान्स ३४, होटल तथा पर्यटन २९, जलविद्युत् २०, जीवन बीमा ९६, उत्पादन ९०, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा ५८, अन्य १५ र व्यापार उपसमूह २७ अंकले बढेको छ।
Comments are closed.