शुक्रबार नेप्से १४.१० अंकले घट्दा ९० करोडको कारोबार

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से पुन घटेको छ । शुक्रबार नेप्से १४ .१० अंकले घटेर १९१०. ३८ अंकमा बन्द भएको छ ।

शुक्रबार २२० कम्पनीको २९ लाख १६ हजार २७१ सेयर किनबेच हुँदा ९० करोड ८१ लाख ८६ हजार ४४७.९८ रुपैयाँ कारोबार भएको छ । आज सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको चार करोड २३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

शुक्रबार उपसूचकहरुमा म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । म्युचुअल फण्ड उपसूचक ०.०७ प्रतिशतको सामान्य वृद्धि हुँदा, लगानी, उत्पादनमुलक, लघुवित्त, वित्त कम्पनी हाइड्रोपावर र विकास बैंक उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ ।

You might also like

Comments are closed.