सेयर बजार फेरि ओरालो यात्रामा : नेप्से ९.८३ अंकले घट्यो, जम्मा ६५ करोडको कारोबार

काठमाडौं । साताको पाँचौ दिन सेयर बजार परिसूचक (नेप्से) घटेको छ । लगातार ओरालो लागेको नेप्से कारोबारको चौथो दिन बुधबार भने ११ दशमलव २२ ले बढेको थियो । तर कारोबार रकम भने उल्लेख्य घटेको थियो ।

आज पनि नेप्से ९ दशमलव ८३ अंकले घटेर १ हजार ८ सय ३८ दशमलव ९६ अंकमा झरेको छ । आज २२९ कम्पनीका २५ लाख ४२ हजार ८९९ कित्ता सेयर किनबेच हुँदा जम्मा ६५ करोड ५७ लाखको कारोबार भएको छ । आज सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा सबै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ। सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २२ अंकले घटेर १२ सय ८१ दशमलव नौ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि २७ दशमलव ३५ अंकले घटेर ३२ सय ४९ दशमलव ८१ अंकमा झरेको छ ।

त्यस्तै, जलविद्युत समूहको सूचक पनि १९ दशमलव ५८ अंकले घटेर १९ सय ८० दशमलव ७२ अंक, जीवन बीमा समूहको सूचक पनि ४१ दशमलव ७९ अंकले घटेर आठ हजार सात सय २४ दशमलव ८५ अंक, निर्जिवन बीमा समूहको सूचक पनि ५८ दशमलव ५७ अंकले घटेर सात हजार चार सय ८६ दशमलव ६८ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

You might also like

Comments are closed.