सेयर बजारको उकालो यात्रा जारी : नेप्से १६.२९ अंकले बढ्दा जम्मा ६३ करोडको कारोबार

काठमाडौं । यो साता सेयर बजार परिसूचक (नेप्से) निरन्तर उकालो यात्रामा छ । साताको चौथो दिन बुधबार १५ दशमलव ९२ अंकले बढेको नेप्से बिहीवार १६ दशमलव २९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर जम्मा ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्स्योरेनस कर्पोरेशनको प्रमोटर सेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भएको छ । आज जीवन बीमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको उच्च अंकले बढेको छ ।

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको सेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

You might also like

Comments are closed.