सेयर बजारमा हरियाली : दोहोरो अंकले बढ्यो नेप्से, ५१ करोड ६८ लाखको कारोबार

काठमाडौं । गत साता लगातार घटेको सेयर बजार परिसूचक (नेप्से) मा यो साता भने सकारात्मक संकेत देखिएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से दोहोरो अंकले बढेको छ ।

आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ। आज दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाखको कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको सेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले बढेको छ ।

आज सेयर बजारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेकका सबै क्षेत्रमा हरियाली देखिएको छ । आज बैंकिङ, व्यापार, विकास बैंकलगायतका क्षेत्रमा हरियाली छाएको छ।

आज सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ८०८ रुपैयाँमा ३ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

You might also like

Comments are closed.

Secret Link