सेयर बजारमा हरियाली : नेप्से ३२.४३ अंकले बढ्दा २ अर्ब २ करोडको कारोबार

काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३२.४३ अंकले बढेको हो । आज नेप्से ३२.४३ अंकले बढेर १९६५.९८ अंकमा बन्द भएको छ ।

आइतबार २३३ कम्पनीका ४२ लाख २३ हजार ८६७ सेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा लामो समयको अन्तरालमा २ अर्ब माथिको कारोबार भएको हो ।कुल १६९ कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो ।सबैभन्दा धेरै मूल्य बढ्ने ५ कम्पनीमा अधिकांश लघुवित्त रहे ।  कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल टेलिकम, शिवम् सिमेन्ट र नेस्डो लघुवित्त क्रमश अगाडि रहे ।

बैंकिङ १९, विकास बैंक ६४, फाइनान्स ३५, होटल तथा पर्यटन ३६, जलविद्युत् ३७, जीवन बीमा ९९, उत्पादन ११४, माइक्रोफाइनान्स १३०, निर्जीवन बीमा ७६, अन्य १८ र ब्यापार उपसमूह २७ अंक बढे ।

डिप्रोक्स लघुवित्तको मूल्य ८.२, जीवन विकास लघुवित्तको ७.४, कुमारी बैंकको ६.७, ग्रिन लाइफ हाइड्रोको ६.५, नेस्डो लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो ।

You might also like

Comments are closed.