साताको सेयर : नेप्से १९ सय ६१ अंकमा सीमित, ६ अर्ब ६४ करोडको कारोबार

काठमाडौं । यो साता सेयर बजार परिसूचक (नेप्से) १९ सय ६१ दशमलव शुन्य ६ अंकमा पुगेको छ। यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव ६६ अंकमा पुगेको छ।

सातामा दुई सय ४१ वटा कम्पनीहरुको एक लाख १० हजार नौं सय ५७ पटकको कारोबारमा एक करोड ६७ लाख ९६ हजार नौं सय ६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार यो साता कुल कारोबार रकम छ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको ६० हजार छ सय १४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम तीन अर्ब ३० करोड तीन लाख ५३ हजार पाँच सय ११ रुपैंयाँ पुगेको थियो। यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो र चौंथो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरुमा बढेको थियो ।

jutta mela

जसमध्ये पहिलो कारोबार दिन ३२ दशमलव ४३ अंकले बढेर १९ सय ६५ दशमलव ९८ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन ११ दशमलव २२ अंकले बढेर १९ सय ६१ दशमलव ६ अंकमा चढ्न सफल भएको थियो ।

यसबाहेकका बाँकी दिनहरुमा भने चौंथो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरुमा नेप्से बढेको थियो । यसैगरी पहिलो दिन पाँच दशमलव ३४ अंकले बढेर तीन सय ८६ दशमलव २६ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन पनि एक दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६६ अंकमा पुग्न सफल भएको थियो ।

You might also like

Comments are closed.