सेयर बजारमा सामान्य वृद्धि, कुल १ अर्ब ५६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) बजार सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ बिन्दुमा पुगेको छ ।

आज दुई सय ४३ वटा कम्पनीको ३६ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। आज सबैभन्दा धेरै नबिल बैंकको १९ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरि लघुवित्तको सेयर १० प्रतिशत तथा खप्तड लघुवित्त र ओरियन्टल होटलको सेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ। आज फाइनान्स, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको सेयर सामान्य घटे पनि अरू समूहको सेयर बढेको छ।

You might also like

Comments are closed.

Secret Link