नेप्से परिसूचक २४ दशमलव ४६ अंकले घट्यो, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अंकमा कायम भएको हो ।

आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता सेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री हुँदा १ अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३५ दशमलव ९२ अंकले घटेको छ भने उत्पादन समूहको उपसूचक एक सय २३ दशमलव ४७ अंकले घटेको छ ।

jutta mela

बैंकिङ समूह नौ दशमलव ७८, विकास बैंक समूह ५३ दशमलव २१, वित्त समूह ३७ दशमलव ७५, होटल तथा पर्यटन समूह ३५ दशमलव ७४ र जलविद्युत् समूह ३५ दशमलव ०३ अंकले घटेको नेप्सेले जनाएको छ ।

त्यस्तै, लघुवित्त समूह ५८ दशमलव ५७, निर्जीवन बीमा समूह ९१ दशमलव ९५, व्यापार समूह २६ दशमलव २९, लगानी समूह शून्य दशमलव ६९ र अन्य समूह २८ दशमलव २७ अंकले घटेको छ । कारोबारपछि सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै तीन दशमलव १२ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै, सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सात दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ३० करोड ८३ लाख ५७ हजार र शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार छ सय ६२ कित्ता बराबर कारोबार भएको छ ।

You might also like

Comments are closed.