दोस्रो दिन पनि घट्यो नेप्से, जम्मा ९६ करोड ५२ लाखको कारोबार

काठमाडौं । साताको तेस्रो दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । सोमबार २४ दशमलव ४६ अंकले घटेको नेप्से आज चार दशमलव ८७ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ। आज कुल दुई सय ८३ वटा कम्पनीका २५ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आजको कारोबारमा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय नौ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आज तीनवटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन्।

jutta mela

जीवन बीमा समूह शून्य दशमलव ६७, लघुवित्त समूह १२ दशमलव ४० र अन्य समूह आठ दशमलव २८ अंकले बढेको छ। बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५ दशमलव ०३ र निर्जीवन बीमा समूहको उपसूचक २७ दशमलव ०५ अकले घटेको छ ।

त्यस्तै, बैंकिङ समूह पाँच दशमलव ३१, विकास बैंक समूह २३ दशमलव ८६, वित्त समूह एक दशमलव २२, होटल समूह तीन दशमलव १३ र जलविद्युत् समूह आठ दशमलव ७७ अंकले घटेको छ । व्यापार समूह छ दशमलव ९८ अंकले घट्दा म्युचूअल फन्ड शून्य दशमलव १० र लगानी समूह शून्य दशमलव ५२ अंकले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता आठ दशमलव १७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको सेयर मूल्य प्रतिकित्ता छ दशमलव ०७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट रु आठ करोड १२ लाख ३४ हजार बराबरको एक लाख ३९ हजार ५०३ कित्ता सेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.