काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ ।
सोमबार १६ दशमलब ९६ अंकले बढेको नेप्से मंगलबार भने २ दशमलब ५७ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से मंगलबार २ दशमलब ५७ अंकले घटेर १८९९ दशमलब ७० विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार २ सय ४८ कम्पनीका २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिदविक्री हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ १५ पैसा कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।
जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बढेको देखिए पनि अन्य सबै परिसूचक भने घटेको छ । सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ । आज नबिल बैंकको ७ करोड १७ लाख ५६ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य २२६०.२० रुपैयाँ पुगेको छ ।
मंगलबार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ३.२९ प्रतिशतले घटेर ३२० रुपैयाँ कायम भएको छ । सिंगटी हाइड्रो, अरुण कावेली पावर, इन्फिनिटी लघुवित्तसहितका कम्पनीका लगानीकर्ताले समेत धेरै गुमाए ।
Comments are closed.