काठमाडाैं । सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । मंगलबार २ दशमलब ५७ अंकले घटेको नेप्से परिसूचक बुधबार पनि पुनः २ दशमलब ६२ अंकले घटेको छ ।
सेयर बजार परिसूचक नेप्से बुधबार २ दशमलब ६२ अंकले घटेर १८९७ दशमलब ०८ अंकमा पुगेर बन्द भएको छ ।बुधबार २ सय ४६ कम्पनीका २० लाख ८७ हजार ८७६ कित्ता सेयर खरिदविक्री हुँदा ७२ करोड ७८ लाख ७७ हजार८९७ रुपैयाँ ३६ पैसा कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।
आज नेपाल दूरसञ्चार कम्पनीको ५ करोड ३९ लाखभन्दा बढीको कारोबार भई शीर्ष स्थान रहयाे भने दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नविल बैंकको कारोबार भएको छ।
यता, सिवाइसियलको र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ। बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये ५ उपसूचकबाहेक सबै उपसूचकमा ओरालो लागेको छ।
Comments are closed.