सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से १४.४८ अंकले घट्दा १ अर्ब १९ करोडको कारोबार

काठमाडाैं । सेयर बजारको ओरालो यात्रा बिहीबार पनि कायमै रहेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १४ दशमलब ४८ अंकले घटेको छ ।

सेयर बजार परिसूचक नेप्से बिहीबार १४ दशमलब ४८ अंकले घटेर १८८२ दशमलब ६० विन्दुमा मा पुगेर बन्द भएको छ ।आज २ सय ५४ कम्पनीका ४८ लाख ४ हजार २७९ कित्ता सेयर खरिद विक्री हुँदा १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ ८२ पैसा कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २२ करोड ८९ लाख ४२ हजार ३ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।यसैगरी, बिहीबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

शिवम् सिमेन्ट, सीवाईसी नेपाल लघुवित्त, नेपाल दूरसंचार कम्पनी, नबिल बैंक लिमिटेड र हिमालयन डिष्ट्रिलरी लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ ।इस्टर्न हाइड्रोपावर, माउनटेन एनेर्जी नेपाल, धौलागिरी लघुवित्त वित्तिय संस्था, संगति हाइड्रो एनेर्जी र खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर बढेको हो ।

यस्तै, आज सेयर बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

You might also like

Comments are closed.