काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य अंकले बढेको छ । आइतबार ७ दशमलव ५४ अंकले घटेको नेप्से परिसूचक सोमबार भने ३ दशमलब ८३ अंकले बढेको छ ।
सोमबार नेप्से ३ दशमलव ८३ अंकले बढेर १ हजार ८ सय ५८ दशमलव ८९ अंकमा पुगेर रोकिएको छ । आज २ सय ५१ वटा कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आइतवार १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको सेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अंकले बढेको छ । सोमबार धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर यर १० प्रतिशतले बढेको छ ।समग्रमा बजार बढे पनि इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१ को सेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको सेयर बजारमा किनबेच भएको छ । आज उक्त बैंकको ६ करोड ९३ लाख ४३ हजार बराबरको सेयरर किनबेच भएको छ ।
Comments are closed.