सेयर बजारको उकालो यात्रा जारी, नेप्से १४.२२ अंकले बढ्दा ९३ करोडको कारोबार

काठमाडौं । सोमबार सामान्य अंकले बढेको सेयर बजार मंगलबार भने  नेप्से  १४ दशमलब २२ अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक १४.२२ अंक बढेर १८७३.११ विन्दुमा बन्द भएको छ । मंगलबार २५७ कम्पनीका ३० लाख २२ हजार ५२ सेयर किनबेच हुँदा कुल ९३ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ ६, विकास बैंक ८, फाइनान्स ६, होटल तथा पर्यटन ६४, जलविद्युत् १४, जीवन बीमा ८३, उत्पादन २२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा २७, अन्य ३४ र व्यापार उपसमूह १५ अंक बढे ।

आज कारोबार रकमका आधारमा नेपाल टेलिकम, सिभिल बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र फरवार्ड माइक्रोफाइनान्स क्रमश बढी कारोबार भयो ।

त्यस्तै, तीन लघुवित्त कम्पनीहरु आँधिखोला, सिर्जनशील र धौलागिरिको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको मूल्य ७.८ प्रतिशत बढ्यो ।मंगलबार सबै उपसमूह बढेका छन् भने १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रहे ।

 

 

You might also like

Comments are closed.