सेयर बजारमा सामान्य गिरावट, एक अर्ब ११ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) मा सामान्य गिरावट आएको छ । आज नेप्से शून्य दशमलव शून्य एक अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २१ बिन्दुमा झरेको छ।

कारोबार रकम भने आज बढेको छ। आज दुई सय ४७ वटा कम्पनीको ३१ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९७ लाखको कारोबार भएको छ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १४ करोड ९९ लाखको सेयर किनबेच भएको छ। नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी १० वटा समूहहरुको सूचक घटेका छन्।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ३८ अंकले बढेर १२ सय ७६ दशमलव ८७ अंकमा पुगेकोमा सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि सामान्य अंकले बढेका छन् ।

आज विकास बैंक समूहको सूचक भने १७ दशमलव नौ अंकले घटेर तीन हजार दुई सय ६३ दशमलव ३७ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ११ दशमलव ७५ अंकले घटेर १९ सय ३९ दशमलव २१ अंकमा झरेको छ।

जीवन बीमा समूहको सूचक पनि ३७ दशमलव ५४ अंकले घटेर नौं हजार ६२ दशमलव ६६ अंकमा झरेको छ।

You might also like

Comments are closed.