सेयर बजारमा सामान्य गिरावट, नेप्से ३.०३ अंकले घट्दा ३ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य घटेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचक मंगलबार भने ३ दशमलब ०३ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलब ०३ घटेर २ हजार ६१ दशमलव ०६ विन्दु पुगि बन्द भएको हो । मंगलबार २२७ कम्पनीका ८२ लाख २२ हजार ८३३ सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैया ९७ पैसाँ कारोबार भएको छ ।

कारोबार रकमका आधारमा  कुल १०७ कम्पनीको मूल्य बढ्दा १०२ को घटेको छ भने ३ को स्थिर रह्यो । हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।

स्वेतगंगा हाइड्रोपावर, खप्तड, धौलागिरि लघुवित्त र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।होटल तथा पर्यटन ७७, माइक्रोफाइनान्स १११ र व्यापार उपसमूह ५८ अंक बढे ।

उपसमूहगतमा  बैंकिङ ३, विकास बैंक १९, फाइनान्स २१, जलविद्युत् ६, जीवन बीमा १२२, उत्पादन ३१ र निर्जीवन बीमा २३ र अन्य २६ अंक घटे ।

You might also like

Comments are closed.