काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य घटेको सेयर बजार परिसूचक बुधबार भने बढेको छ । बुधबार नेप्से परिसूचक ६४ दशमलब ७८ अंकले बढेको छ ।
आज नेप्से ६४ दशमलव ७८ अंकले बढेर २१२५ दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ । आज ३.१४ प्रतिशतले सेयर बजार बढेको हो ।
त्यस्तै, बुधबार २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैया ४२ पैसा सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा कुल २०८ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य घटेको छ ।नेप्सेका अनुसार आज ३० वटा कम्पनीले उच्च आम्दानी गरेका छन् । आज साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरीलगायतका कम्पनी कारोबारमा क्रमश अगाडि रहेका छन् । आज हिमालयन डिस्टिलरीको सर्वाधिक ११ करोडको कारोबार भएको छ।
ती कम्पनीको सेयर मूल्य १० प्रतिशत वा सोही हाराहारीमा बढेको हो । आज गुमाउनेले १.९९ प्रतिशतसम्म मात्रै गुमाएका छन्।
Comments are closed.