काठमाडौं । अघिल्लो साताको अन्तिम दिन बढेको नेप्से परिसूचका यस साताको पहिलो कारोबार दिन आइतबार पनि बढेको छ ।
आइतबार नेप्से परिसूचक २०.६८ अंकले वृद्धि भएको छ । आज नेप्स परिसूचक २० दशमलब ६८ अंकले बढेर २१६४ दशमलब ६१ विन्दुमा पुगेर बन्द भएको छ ।
आज २५९ कम्पनीका १ करोड ४१ लाख ९८८ सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ कारोबार भएको छ ।कारोबारको आधारमा आज कुल १३३ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ९ को स्थिर रहयो ।
नेप्सेकाअनुसार बैंकिङ समूह १२ दशमलव २५, उत्पादन समूह ६० दशमलव १७ र लघुवित्त समूह १० दशमलव ९९ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड बढि मूल्यको सेयर कारोबार भयो।यस्तै शिवम् सिमेन्ट र रिद्धी हाइड्रोपावर क्रमश १९ करोड र १५ करोडको सेयर कारोबार गरी दोस्रो र तेस्रो स्थानमा रहे।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ६८ दशमलव ९८ अंक र निर्जीवन बीमा तीन सय २२ दशमलव २८ अंकले बढेको छ छ । त्यस्तै, विकास बैंक समूहको उपसूचक १९, वित्त समूहको उपसूचक ३५ दशमलव ७६, होटल समूहको उपसूचक एक सय १९ दशमलव ५६ र जलविद्युत् समूहको उपसूचक ५२ दशमलव ६१ अंकले बढेको छ । लगानी समूह एक दशमलव २८, म्युचुअल फन्ड समूह शून्य दशमलव ४२, व्यापार समूह ५७ दशमलव ६७ र अन्य समूह १२ दशमलव ३३ अंकले बढेको पनि नेप्सेले जनाएको छ ।
Comments are closed.