काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक (नेप्से) बढेको छ । आज नेप्से ४६ दशमलव ७६ अंकले बढेर २ हजार २ सय ११ दशमलव ३८ अंकमा कायम भएको छ ।
नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता सेयर किनबेच हुँदा कुल पाँच अर्ब ३१ करोड ४३ लाख कारोबार भएको छ । आज रिडी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र नबिल बैंकले सबैभन्दा बढी कारोबार गरेका छन् ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन समूहको सूचक २३ दशमलव ९२ अंकले घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । आज कुल १७३ कम्पनीको मूल्य बढेको छ भने ३१ को घटेको छ । ६ कम्पनीको स्थिर रहेको छ ।
आज होटल उपसमूह २३ अंकले कारोबार घटेको छ भने अन्य सबै बढेका छन्। आज बैंकिङ उपसमूहको २९, विकास बैंकको १२४, फाइनान्सको ५९, जलविद्युतको १२२, जीवन बीमाको १७८, उत्पादनको २, माइक्रोफाइनान्सको ९, निर्जीवन बीमाको २३७, अन्यको २९ र व्यापार उपसमूहको ७५ अंकले बढेको छ।
Comments are closed.