सेयर बजार राताम्मे : नेप्से ४१.०४ अंकले घट्दा साढे ५ अर्बको कारोबार

काठमाडौं । लागातार उकालो लाग्दै आएको सेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम कारोबार दिन भने उच्च अंकले घटेर राताम्मे भएको छ । नेप्से आज ४१ दशमलव शून्य चार अंकले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको छ।

बजार घटे पनि आज कारोबार भने राम्रै भएको छ । आज दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४७ करोड ७६ लाखको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज सबै समूहको सेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

आज हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर सेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको सेयर साढे सात प्रतिशतले घटेको छ।

You might also like

Comments are closed.