सेयर बजार : ९ अंकले घट्यो नेप्से, ४ अर्व ९२ करोडको कारोबार

काठमाडौं । साताको चौंथो दिन सेयर बजार परिसूचक (नेप्से) घटेको छ । सेयर बजार करिब पाँच दिन पछि हिजो खुलेको थियो ।

हिजो नेप्से ३२ दशमलव ७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलव ११ विन्दुमा पुगेको थियो । आज नेप्से नौ दशमलव शून्य एक  अंकले घटेर दुई हजार १ सय ७३ दशमलव १० अंकमा पुगेको छ ।

आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । हिजो नेप्से बढेको दिन कुल तीन अर्ब ७२ करोड ४७ लाखको कारोबार भएकोमा आज भने दुई सय ४८ वटा कम्पनीका एक करोड ३३ लाख चार हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ९२ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडि हाइड्रोको ३५ करोड ७८ लाख र अपी पावर कम्पनीको १९ करोड ७६ लाखको सेयर किनबेच भएको छ । आज जलविद्युत्, विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेकोमा माइक्रोफाइनान्स,बीमा र होटल समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

You might also like

Comments are closed.

Secret Link