काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) १३ दशमलव ७१ अंकले घटेको छ । आज नेप्से १३ दशमलब ७१ अंकले घटेर २१६५ दशमलव १० अंकमा पुगेर रोकिएको छ ।
सोमबार २५७ कम्पनीका १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ कारोबार भएको छ ।
सोमबार कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, रिडी पावर, अपी पावर र एभरेस्ट बैंक क्रमशः अगाडि रहेका छन् ।सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको सयर किनबेच भएको छ ।
४१ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने ३ को स्थिर रहे । कुमारी र स्टान्डर्ड चार्टर्ड बैंक, आदर्श लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
बैंकिङ उपसमूह १५ अंक बढ्यो, अरु सबैजसो उपसमूह ओर्लिएका छन् । विकास बैंक ९१, फाइनान्स ७, होटल तथा पर्यटन ७९, जलविद्युत् ६५, जीवन बीमा ८७, उत्पादन ७२, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा १२३, अन्य २३ र व्यापार उपसमूह २ अंक घटे ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको सेयर झण्डै आठ प्रतिशत तथा लिबर्टी इनर्जीको सेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।
Comments are closed.