साढे चार अंकले बढ्यो नेप्से, एक अर्ब ४७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ। आज नेप्से चार दशमलव ६२ अंकले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ।

आज बजार बढे पनि कारोबार रकम भने घटेको छ। आज दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ४१ लाख बराबारको कारोबार भएको छ । हिजो एक अर्ब ९३ करोडको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाखको सेयर किनबेच भएको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन्।

जसमध्ये वाणिज्य बैंक समुहको सूचक पाँच दशमलव १६ अंकले बढेर १३ सय ६९ दशमलव ९५ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि तीन दशमलव ५१ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलव ९४ अंकमा चढेको छ।

फाईनान्स समूहको सूचक पनि १० दशमलव १३ अंकले बढेर १७ सय ६१ दशमलव ५५ अंकमा चढेकोमा लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समुहहरुको सूचक पनि बढेका छन्।

विकास बैंक समुहको सूचक भने सात दशमलव २५ अंकले घटेर तीन हजार छ सय ६९ दशमलव १६ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि ८६ दशमलव ७२ अंकले घटेर १० हजार पाँच सय २२ दशमलव छ अंकमा झरेको छ।

You might also like

Comments are closed.