सेयर बजारमा हरियाली, नेप्से ३३.५७ अंकले बढ्दा १ अर्ब ८० करोडकाे काराेबार

काठमाडौं । पछिल्लो समयमा लगातार घटेको सेयर बजार बुधबार भने बढेको छ । दुई हप्तादेखि लगातार ओरालो लागेको सेयरबजार परिसूचक आज भने उकालो लागेको छ ।

बुधबार सेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अंकले बढेको हो । आज नेप्से ३३ दशमलव ५७ अंकले बढेर २ हजार ८० दशमलव ३८ अंक पुगेर बन्द भएको छ । आज २६९ कम्पनीका ४७ लाख ७९ हजार ७९६ सेयर कित्ता किनबेच हुँदा १ अर्ब ८० करोड ३२ लाख ८४ हजार भन्दाबढी कारोबार भएको छ । बुधबार नेप्सेपरिसूचक बढेपनि कारोबार भने त्यति बढ्न सकेनन ।

कारोबारको आधारमा आज १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रहेको छ । बुधबार कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार बढे पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

बैंकिङ १६, विकास बैंक ८०, फाइनान्स ४८, होटल तथा पर्यटन ९४, जलविद्युत् ९६, जीवन बीमा १९६, उत्पादन ७१, निर्जीवन बीमा १८० तथा अन्य उपसमूह २६ अंक बढे ।

लिबर्टी इनर्जीको मूल्य ९.८, छ्याङ्दी हाइड्रोको ९.५, दोर्दीको ९, पिपुल्स पावरको ८.४ तथा रिभर फल्सको मूल्य ७.८ प्रतिशत बढ्यो । यस दिन धेरै मूल्य बढेका ५ कम्पनीमा सबै जलविद्युत् कम्पनी रहे भने धेरै मूल्य गुमाउने ५ कम्पनीमा सबै लघुवित्त कम्पनी परे ।

 

 

You might also like

Comments are closed.