नेप्सेमा ६.९० अंकको गिरावट, १ अर्ब ६ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले आरालो लागेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६ दशमलव ९० अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलब ९० अंकले घटेर १ हजार ९ सय २६ दशमलब ४० विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार २५९ कम्पनीका ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ६ करोड ९८ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज ७४ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको सेयर मूल्य घट्नुको साथै १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । सो कम्पनीको आज ६ करोड १० लाख ९८ हजार ६ सय ३३ रुपैयाँ कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनी, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको सेयर  १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सृजनशील लघुवित्तको सेयर साढे सात प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.