काठमाडौं । सार्वजनिक बिदा दिएसँगै मंगलबार सेयर बजार पनि बन्द भएको छ ।सरकारले घोडेजात्राको अवसरमा सरकारले मंगलबार उपत्यकामा सार्वजनिक बिदा दिएसँगै नेप्से पनि बन्द भएको हो ।
लगातार ओरालो लागेको सेयर बजार सोमबार २२दशमलव ६५ अंकले बढेर १९४९ दशमलव ०६ बिन्दुमा पुगेर बन्द थियो । सेयर बजार बुधबार ११ बजेमात्रै खुल्ने भएको जनाइएको हो ।
बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक-वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि तर, मंगलबार बैंक तथा वित्तीय संस्था भने खुला रहनेछन् ।सार्वजनिक बिदा भए पनि उपत्यका बाहिरका कार्यालयहरुमा हुने नगद कारोबार, इलेक्ट्रोनिक क्लियरिङ, आरटिजिएस लगायतका अत्यावश्यक सेवाहरु सुचारु राख्न राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
“घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैंकले भनेको छ ।
Comments are closed.