काठमाडौं । बुधबार सेयर बजार दोहोरो ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका नेप्से परिसूचक आज १५ दशमलव ७६ अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलब २९ विन्दुमा पुगेर बन्द भएको छ । हिजो सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द रहेको थियो । सोमबार भने सेयरबजार कारोबार बढेको थियो ।
बुधबार २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख बराबरको सेयर कारोबार भएको छ । आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको सेयर मूल्य घट्नुका साथै १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सो कम्पनीको ९ करोड १९ लाख बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनआईसी एशिया बैंक लिमिटेडको कारोबार भएको छ । सो बैंकको ८ करोड २४ लाख बराबरको सेयर कारोबार भएको छ । तेस्रोमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको ४ करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको सेयर साढे ७ प्रतिशत तथा धौलागिरि लघुवित्त र मानुषी लघुवित्तको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Comments are closed.