काठमाडौं । सेयर बजारको ओरालो यात्रा कामै रहेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्सेपरिसूचक २६. ८५ अंकले घटेको छ ।आज नेप्से २६ दशमलव ८५ अंकले घटेर १ हजार ८८८ दशमलव २९ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज २५९ कम्पनीका २७ लाख ५४ हजार ३३४ किक्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.३९ प्रतिशतले घटेर ३५६ कायम भएको छ ।
कारोबारको आधारमा आज १९ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको सेयर मूल्य घट्नुको साथै २ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।
आज कारोबारको आधारमा हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । सो कम्पनीको ८ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।
आज १३ वटै उपसमूहको समूहगत ओरालो लागेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ ।आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५३.३० रुपैयाँ पुगेको छ ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको हो ।
Comments are closed.