शेयर बजारमा आज झिनो अंकको बृद्धि, १ अर्ब पनि पुगेन कारोबार !

काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । मंगलबार १२ दशमलव ४१ अंकले बढेको नेप्सेपरिसूचक बुधबार भने सामान्य १ दशमलव ०२ अंकले बढेको हो ।

बुधबार नेप्से १ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय १९ दशमलव ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज २५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको तुलनमा नेप्सेपरिसूचक र कारोबार रकम दुबै घटेको छ । मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार बराबरको रकम कारोबार भएको थियो ।

कारोबारको आधारमा आज ८७ कम्पनीको सेयर मूल्य बढ्दा ११४ कम्पनीको सेयर मूल्य घट्नुको साथै १५ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।आज १३ वटा उपसमूहमध्ये पाँचवटाको समूहगत परिसूचक बढेको छ भने आठवटाको समूहगत सूचक घटेको छ ।

आज कारोबारको आधारमा सबै भन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । सो कम्पनीको ३ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेडको सयेरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । खप्तड लघुविक्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ ।

आज होटल तथा पर्यटन क्षेत्रको समूहगत सूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ । यस्तै, ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ ।

 

You might also like

Comments are closed.