काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार फेरि ओरालो लागेको छ । बुधबार सामान्य अंकले बढेको सेयर बजार बिहीबार भने नेप्सेपरिसूचक १० दशमलव ८७ अंकले बढेको छ ।
बिहीबार नेप्से १० दशमलव ८७ अंकले घटेर र १ हजार ९ सय ८ दशमलव ५५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज २५४ कम्पनीका २७ लाख ५० हजार ६सय ५५ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार नेप्सेपरिसूचक घटेपनि कारोबार रकम भने बढेको देखिन्छ ।
कारोबारको आधारमा आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घट्नुको साथै ९ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।
आज कारोबारको आधारमा सबै भन्दा बढी शिवम् सिमेन्ट् कम्पनीको भएको छ । सो कम्पनीको ५ करोड ५८ हजार बराबरको कारोबार भएको छ । बजार घटे पनि आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत र कालिञ्चोक दर्शन प्रालीको सेयर ६ प्रतिशतले बढेको छ ।आज सबैभन्दा धेरै आदर्श लघवित्तको सेयर ६ प्रतिशतले घटेको छ ।
Comments are closed.