नेप्से परिसूचक निरन्तर आज पनि उकालो बाटाेमा

नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको अवस्था

काठमाडाैं  । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्से परिसूचक निरन्तर आज बुधबार पनि उकालो लागेको छ ।आज नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ विन्दुमा पुगेको हाे ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८ अंक बढेको छ। पछिल्लो ७ कारोबार दिनमा नेप्से परिसूचक १४१.७८ अंक बढेको हो ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २७० स्टकको ३४ हजार ८४१ पटकको कारोबारमा १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

jutta mela

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै ,शिवम् सिमेन्ट्स, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। १०१ स्टकको मूल्य घटेको छ। जसमध्ये सानिमा इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ३.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै  उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ।

You might also like

Comments are closed.