नेप्सेमा दुई कम्पनी मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडकाे शेयर सूचीकृत

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार दुई कम्पनी मोदी इनर्जी  र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडकाे  शेयर सूचीकृत भएको छ ।

मोदी इनर्जी लिमिटेड को पनि २ करोड ९० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु समेत० लाई वितरण गरिएको ७२ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड १७ लाख ५० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

jutta mela

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९२ रुपैयाँ ५७ पैसा देखि २७७ रुपैयाँ ७१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा भोलि बुधबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

त्यस्तै रावा इनर्जीको २८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु समेत० लाई वितरण गरिएको ८ लाख ४० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १९ लाख ६० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ८३ रुपैयाँ १० पैसादेखि २४९ रुपैयाँ ३० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा भोलि बुधबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

 

You might also like

Comments are closed.