काठमाडौं । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७ दशमलव ३३ अङ्कले घटेर २ हजार ५८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ । आज २९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ७० हजार ६३४ पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् । बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड ६ दशमलव ६५ प्रतिशतले बढेको छ ।
त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स ९ दशमलव ३९, खानिखोला हाइड्रोपावर नौ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य ७ दशमवल ५७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको रु २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
Comments are closed.