वालिङ नगरपालिकामा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिकाभित्र सामुदायिक तथा निजी विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३÷३ जना विद्याथीलाई सम्मान गरिएको हो ।

नगरपालिकाले सामुदायिक विद्यालयतर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपानेले ३.९२ जीपीए ल्याएर सामुदायीक विद्यालयतर्फ प्रथम भएका उनलाई १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र, सोही विद्यालयका दुर्गाबहादुर क्षेत्रीले ३.७७ जीपीए ल्याएर दित्तिय भएका छन्, उनलाई १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र रणविर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादवले ३.७४ ल्याएर तृत्तीय पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

नीजि विद्यालयतर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समिर सिंहले ३.९२ जीपीए ल्याएर दुबैजना प्रथम स्थान हासिल गरेका उनीहरुलाई १५ हजार नगद सहित प्रमाणपत्र, वालविद्या विकाश माध्यमिक विद्यालयका दिविशा खनालले ३.८५ जीपीए ल्याएर दित्तिय भएकी उनलाई १० हजार नगद सहित प्रमाणपत्र र पायोनियर हायर एजुकेशन एकेडेमीका सुजता श्रेष्ठले ३.८४ जीपीए ल्याएर तृत्तीय स्थान हासिल गरेकी उनलाई नगद ५ हजार सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।

नगरपालिकाले गतवर्ष २०७९ मा सामुदायिकतर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयका ३.८ जीपीए ल्याएका समिक्षा भुषाल र राजीव पंगेनी, संस्थागत विद्यालयतर्फ पिस जोन इन्ट्रिग्रेटेडका संगिता भुषालले ४ जीपीए ल्याएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई समेत नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । तिवारीले सम्मान कार्यक्रममा यसवर्ष एसईई परिक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

नगरपालिकाको शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सरकारको लगानी अनुरुप नतिजा सुधार्न आग्रह गरिन् । शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिईभिटी थुमपोखरामा अध्ययन गर्न चाहने विद्याथीहरु १४ जनालाई नगरपालिकाले निःशूल्क छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिईन् ।

वालिङ नगरपालिकाबाट शैक्षिक सत्र २०८० सामुदायिक तथा संस्थागत गरी २६ विद्यालयबाट कुल ८२३ विद्यार्थीले एसईई परीक्षामा सहभागीमध्ये ४१८ जना पास भएका थिए । यीमध्ये भुम्रे माध्यमिक विद्यालयबाट ३४ जनाले परिक्षा दिएकामा ३४ जना अनुत्तिर्ण भएपछि शून्य नतिजा ल्याएको थियो ।

 

You might also like

Comments are closed.