नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे ६ अर्बको कारोबार

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर २१ सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।

आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ ।

आज वित्त समूह ० दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह ० दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३ दशमलव ४३ प्रतिशतले बढेको छ ।

बैंकिङ ० दशमलव ४८, होटल तथा पर्यटन १ दशमलव ७५, जलविद्युत् ० दशमलव २२, लगानी १ दशमलव ८९ र जीवन बीमा १ दशमलव ९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त ० दशमलव २१, म्युचुअल फन्ड ० दशमलव २४, निर्जीवन बीमा ० दशमलव ५८, व्यापार ० दशमलव ४८ र व्यापार समूह ० दशमलव १५ प्रतिशतले बढेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४ दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ३० करोड ९ लाख ४ हजार ६९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.