ज्ञानोदय आधारभूत विद्यालय ज्यामिरकोटमा वृक्षारोपण

काठमाडौं । ज्ञानोदय आधारभुत विद्यालय ज्यामिरकोटमा वृक्षारोपण गरिएको छ ।

जामुनबोटे सामुदायिक वन उपभोक्ता समूहको कार्यक्षेत्र पर्ने हाल यस विद्यालयले आयआर्जन लगायतका अन्य कार्यमा उपयोग गर्दै ल्याइरहेको क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग तथा जामुनवोटे सामुदायिक वन उपभोक्ता समूह पाँचखाल– २, ज्यामिरकोटको आयोजनामा विद्यालय हाताको उत्तरतर्फको खाली भू–भागमा कागती, लिचि र अनारका गरी दुई सय विरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक मेघनाथ अधिकारीले जानकारी दिए ।

वृक्षारोपणमा जिल्ला वन कार्यालय काभ्रेका प्रतिनिधि, जामुनवोटे सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय उपभोक्ता, विद्यालयका शिक्षक, शिक्षका, कर्मचारी लगायत सहभागी थिए ।

वृक्षारोपणले स्वच्छ वातावरण र आयआर्जनमा थोरै भएपनि सहयोग पुग्ने विद्यालय व्यवस्थापन समतिका अध्यक्ष प्रल्हाद दाहालले बताए । जामुनवोटे सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष एवं विद्यालय व्यवस्थापन समति सदस्य सोकनाथ गौतमले वृक्षारोपण कार्यलाई विस्तार गर्ने बताउँछन् ।

You might also like

Comments are closed.